logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित, अर्को बैठक २८ गते बस्ने


अंकुरण खबर
1.833K
Shares

काठमाडौं – अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । सवा एक घण्टासम्म कुर्दा पनि सांसदहरु उपस्थित नभएपछि आजको बैठक स्थगित गरिएको हो ।

२५ सदस्यीय समितिको बैठकमा जम्मा सात सदस्य उपस्थित थिए । उपस्थित सदस्यहरुलाई सम्बोधन गर्दै समितिका सभापति कृष्ण प्रसाद दाहालले कोरमका कारण आजको बैठक बस्न नसकेको बताए । दाहालका अनुसार अब अर्को बैठक आगामी २८ गते बिहान ११ बजे बस्ने छ ।

आजको अर्थ समितिको बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।