logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा झिनो अंकको गिरावट


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – साताको तेस्रो दिन मंगलबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरवट आएको छ । अघिल्लो  दिन नेप्से ०.९७ अंकले बढेकोमा आज ०.८१ अंकले घटेर ११३९.४५ बिन्दूमा झरेको छ ।

मंगलबार कुल १६२ वटा कम्पनीको १० लाख ५८ हजार कित्ता शेयर २८ करोड ४४ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ । मंगलबार कारोबारमा आएका समूहमध्ये बैंकिङ, उत्पादन, लघुवित्त र सामूहिक लगानी कोष समूह बाहेक बाँकी सबै समूह घटेका छन् ।

प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको करिब तीन करोड रुपैयाँको कारोबार भएको छ । पछिल्ला दिनमा प्रभु बैंकको शेयर उच्च हुँदै आएको छ ।

समग्र परिसूचकमा झिनो गिरावट भएको दिन ग्लोबल आइएमई समुत्थान योजनाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सिनर्जी पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।