logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोली हानी बालक अपहरणकारी पक्राउ


अंकुरण खबर
962
Shares

काठमाडौं – प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरी दश दिनदेखि अपहरणमा परेका बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ ।

पर्साको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा गएराती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा अनुसार बनेपादेखि अपहरण गरेर ल्याएको बालकलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो । ती १४ वर्षीय बालक दश दिनअघि अपहरणमा परेको बताइएको छ ।

प्रहरीको गोलीबाट अपहरणकारीको दाहिने खुट्टामा गोली लागेर घाइते भएका छन् । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।