logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङलाई प्रदेश केन्द्र बनाउन पहल गर्छु : प्रचण्ड


अंकुरण खबर
689
Shares

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् । बुधबार दाङमा पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउने विश्वास व्यक्त गरेका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘मैले त्यसको निम्ति आफ्नो ठाउँबाट हिजो पनि पहल गर्दै आइको थिएँ र भोलि पनि गर्नेछु ।’ दाङ पुग्दा आफूलाई न्यानो अनुभूति हुने गरेको भन्दै प्रचण्डले विकासमा दाङले फड्को मारेकोमा प्रसन्नता व्यक्त गरे ।

हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल छ । प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल दाङबासी हुन् । तर, प्रदेश राजधानी दाङमा ल्याउन नसकेको भन्दै दाङबासीले नेताहरुको आलोचना गर्दै आएका छन् । उपनिर्वाचनतिर सरकारको ध्यान गएको भन्दै उनले चुनाव सफल बनाउनुपर्ने बताए ।

‘उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ’, उनले भने, ‘सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिलाई लिएर अनेक क्रिया–प्रतिक्रिया उब्जिरहेका बेला उनले यसलाई स्वभाविक प्रक्रिया भएको टिप्पणी गरे ।