अर्घाखाँची, सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
बुधबार बिहान रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ ।
घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।