logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्धिखर्क कार दुर्घटना अपडेट : मृतक तीनजनाकै सनाखत


अंकुरण खबर
923
Shares

अर्घाखाँची, सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बिहान भएको कार दुर्घटनाका मृतक तीनजनाकै सनाखत भएको छ।

मृत्यु हुनेमा रूपन्देही सैनामैना नगरपालिका–२ मुगृयाका ७० वर्षीया दुर्गादेवी खड्का, उनका दुई छोरा ४० वर्षीय तिलक खड्का र ४३ वर्षीय भक्तबहादुर खड्का रहेका छन्। उनीहरु एकै परिवारका हुन् ।

दुर्घटनामा परी अन्य दुईजना घाइतते भएका छन् । घाइते हुनेमा सोही ठाँउका ४९ वर्षीय गंगाबहादुर खड्का र २८ वर्षीय विनोद खड्का रहेका छन्। उनीहरुको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ।

रूपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटना भई करिब १५० मिटर खसेको हो। कारमा एक्कासी ब्रेक लगाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।