logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सुनचाँदीको मूल्य घट्यो


अंकुरण खबर
3.653K
Shares

काठमाडौं – केहि दिन यता सुनको भाउ ओरालो लागेको छ । नेपाली बजारमा बुधबार छापावाला सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा छ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन छापावाल सुन तोलामा ७० हजार ८ सयमा कारोबार भएको थियो। त्यस्तै, आज तेजाबी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी तोलामा २० रुपैयाँ घटेको हो । अघिल्लो दिन चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।