logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मर्निङ वाकमा गएकी किशोरी बेपत्ता, अपहरणको आशंका


अंकुरण खबर
806
Shares

कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी एक किशोरी दुई दिनदेखि बेपत्ता भएकी छिन् । मंगलबार बिहान मर्निङ वाक गएकी १५ वर्षिया सपना पाल बेपत्ता भएकी हुन् । परिवारले उनको अपहरण भएको आशंका गरेको छ ।

प्रहरीका अनुसार बिहान वाकमा गएकी सपना नफर्केपछि आफन्तले खोजीका लागि निवेदन दिएका छन्। उनीहरुले मंगलबार दिउँसै अस्थायी प्रहरी बिट चम्फापुरमा निवेदन दिएका हुन्।

सोमबार साँझ सपनाले नै आमा ममताको मोबाइलमा आफूलाई अपहरण गरी बाँधेर राखेको र छिट्टै छुटाउन भन्दै म्यासेज गरेकी थिइन्। सोही म्यासेजका आधारमा उनको अपहरण भएको आशंका गरिएको छ।