logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालापानी हाम्रै हो, सीमाना रक्षाका लागि प्रतिबद्ध छौं : नेपाल सरकार


अंकुरण खबर
1.092K
Shares

काठमाडौं– भारतले नेपाली भूमिसमेत आफ्नो दाबी गर्दै हालै जारी गरेको नक्साप्रति नेपालले आपत्ति जनाएको छ । नेपालले उक्त नक्सा आफ्ना लागि स्वीकार्य नहुने समेत स्पष्ट गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सीमासम्बन्धी विवाद तथा असमतिका विषयमा द्विपक्षीय सहमति हुनुपर्नेमा एकपक्षीय रुपमा नक्सा तयार पारिएको भन्दै आपत्ति जनाएको हो ।

मन्त्रालयका नाममा जारी विज्ञप्तिमा कालापानी नेपालको भूभाग भएकामा नेपाल सरकार स्पष्ट रेहको उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपाल आफ्नो अन्तर्राष्ट्रिय सीमा रक्षाका लागि प्रतिबद्ध रहेको भन्दै सांघेतिक रुपमा भारतलाई चेतावनीसमेत दिइएको छ ।

‘नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवम तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ छ ’, विज्ञप्तिमा छ ।