logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंका सडक सफा गर्न दैनिक सात वटा ब्रुमर सञ्चालन, धुलो रहित काठमाडौं बनाउने महानगरको तयारी


अंकुरण खबर
3.51K
Shares

काठमाडौँ महानगरपालिकाले २०७५ चैत १२ गतेबाट पाँचवटा ब्रुमर सञ्चालन गरेको छ ।

इटालीबाट ल्याइएका ५ र चीनबाट ल्याइएका २ गरि अहिले काठमाडौंमा दैनिक ७ वटा बु्रमरले रुढ निर्धारण गरि सडक सफा गरिरहेका छन् । सुरुका दिनमा राजधानीका सडकबाट दैनिक १८ मेट्रिक टनसम्म धुलो संकलन गर्ने ब्रुमरले अहिले भने दैनिक ७ टन धुलो उठाउने गरेको काठमाडौं महानगर पालिकाले जनाएको छ ।

हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च भएका कारण सरकारले दिल्लीमा संकटकाल घोषणा गरेको छ । राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला  भारतको राजधानी दिल्लीको धुलो र धुवाँले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषण बढेको छ । बु्रमरहरुलाई अझ प्रभावकारी र व्यवस्थित तरिकाले परिचालन गरि केही समय पछि काठमाडौंका सडक धुलो रहित बनाउने महानगरपालिकाले जनाएको छ ।