logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरपालिकामा अब नयाँ विद्यालय खोल्न नपाउने


अंकुरण खबर
3.419K
Shares

काठमाडौं महानगरपालिकाले नयाँ विद्यालय सञ्चालन अनुमति नदिने निर्णय गरेको छ । महानगरभित्र भएका विद्यालयहरूलाई नै व्यवस्थित बनाएर गुणस्तरीय शिक्षा दिने भन्दै महानगरले नयाँ विद्यालय सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

देश संघीयतामा गएसँगै विद्यालयहरूको नियम गर्ने अधिकार स्थानीय सरकारलाई गएको छ । त्यही अधिकार प्रयोग गर्दै हाल स्थानीय तहलले विद्यालयको नियमन गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाले संविधानले दिएको यही अधिकार प्रयोग गर्दै आफ्नो क्षेत्रभित्र नयाँ विद्यालय सञ्चालन अनुमति नदिने निर्णय गरेको हो ।

संख्या बढेर गुणस्तरीय शिक्षा नहुने भन्दै महानगरले भएका विद्यालयलाई व्यवस्थित गर्ने योजना लिएको छ । अहिले काठमाडौंमा ९१ वटा सामुदायिक र ६ सय ६३ वटा संस्थागत विद्यालय छन् ।