logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वस्थ रहन र सन्तुलित खानाका लागि ‘टुसा उमारेको’ गेडागुडी उपयुक्त


अंकुरण खबर
8.528K
Shares

गेडागुडीलाई टुसा उमारेर खाँदा मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व पर्याप्त मात्रामा पाउन सकिन्छ । स्वस्थ रहन र सन्तुलित खानाका लागि ‘टुसा उमारेको’गेडागुडी उपयुक्त मानिन्छ। यसमा पर्याप्त पोसिलो तथा सस्तो र केही मिसिवट नहुने हुँदा स्वास्थ्यलाई फाइदा पुग्छ ।

टुसा उमार्नु भनेको भिटामिन उद्योग नै घरमा खोल्नु जत्तिकै हुने चिकित्सक बताउँछन् । इन्धन वा पैसा खर्च नगरेरै खानेकुराको उपादेयतामा वृद्धि गर्न तथा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्वको पोषणमा वृद्धि गर्नका लागि टुसा उमोरर खान सकिन्छ ।

सर्वप्रथम अन्न वा गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन् । यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ ।

टुसायुक्त खानाको फाइदा:

टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषकतत्वमा पनि धेरै कुरा थपिन्छ । जुनसुकै उमेर, लिंग, समूहका मानिसले खाद्यान्नमा आफैँ टुसा उमार्न र प्रयोग गर्न सक्छन् । यसले हाम्रो शरीरमा पोषण दिन्छ । यो पूर्ण, सस्तो र बलवर्धक खाना हो ।

पोषणयुक्त भोजन:

यसले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउँछ ।

तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई आवश्यक शक्ति दिन्छ ।

अंकुरित खानाले पेटमा वायु बनाउँदैन र कब्जियत हुनबाट रोक्छ ।

हरियो तरकारीजत्तिकै फाइदाजनक हुन्छ ।

रोगप्रतिरोधात्मक शक्ति बढाउँछ ।

विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ ।

रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन मद्दत गर्छ ।