logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आलमको बयान सकियो, थुनछेक बहस हुदैँ


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको बयान सकिएको छ । मंगलवारबाट सुरु भएको बयान आज सकिएको हो ।

आलमको आजै थुनछेक बहस हुदैँछ । त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारिकमा रिहा गर्ने भन्ने आदेश अदालतले गर्नेछ ।

रौतहटको राजपुरमा भएको बम विस्फोटनका घाइतेलाई इटाँभट्टामा हालेर जलाएको आरोपमा १२ वर्षपछि पक्राउ परेका आलमले भने घटनाबारे आफूलाई केही जानकार नै नभएको जिकिर गरेका छन् । उनले पीडित भनिएका व्यक्तिलाई समेत आफूले नचिन्ने बयान दिएका छन् ।