logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल र कुवेतबीचको खेल काठमाडौंमा नहुने


अंकुरण खबर
2.08K
Shares

काठमाडौं – विश्वकप २०२२ अन्तर्गत एसिया छनोटअन्तर्गत नेपाल र कुवेतबीच दशरथ रंगालामा हुने भनिएको दोस्रो चरणको खेल भुटानमा हुने भएको छ ।

आगामी मंसिर ३ गते खेल हुने तय भए पनि रंगशालाको मापदण्ड नपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) को विज्ञप्तीमा उल्लेख छ।

खेल भुटानमा गर्न फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले जनाएको छ। एन्फाले खेल भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा गर्न प्रस्ताव गरेको हो।

एसियन फुटबल महासंघ (एएफसी) बाट निरीक्षण गर्न आएको प्रतिनिधिले पनि दशरथ रंगशालाको निर्माणमा असन्तुष्टि जनाएका थिए ।