logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालको सीमा नचलाएको भारतको दाबी


अंकुरण खबर
2.886K
Shares

काठमाडौं – पछिल्लो पटक सार्वजानिक गरेको नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतले यस्तो दाबी गरेको हो ।

भारत सरकारका प्रवक्ता रविशकुमारले नेपालको नक्सासँगको सीमा हेरफेर नभएको बताए । ‘नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई मात्र देखाइएको छ । उनले भने, नक्सामा सीमा हेरफेर गरिएको छैन ।’ नेपाल भारतको सीमा विवाद सम्बन्धमा दुई देशको संयन्त्र मार्फत समाधान गर्न सकिने उनको भनाई छ ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ । उक्त विषयलाई लिएर जनस्तरबाट व्यापक विरोध भएपछि सरकारले विज्ञप्ती जारी गर्दै एकपक्षिय रुपमा जारी गरेको नक्सा स्वीकार्य नहुने बताएको थियो ।