logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज हरिवोधनी एकादशी : तुलसी विवाह गरिदै, देशभरका विष्णु मन्दिरमा भक्तजनको भीड


अंकुरण खबर
3.263K
Shares

काठमाडौं – कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका अवसरमा आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने विश्वास सहित विशेष पूजा गरिन्छ ।

हरिशयनी एकादशीका दिन घरको मठमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीका दिन भगवान् विष्णुसँग विवाह गरिदिने प्रचलन रहेको छ । यसैले यो दिनलाई तुलसी विवाह पनि भन्ने गरिन्छ ।

असारदेखि कात्तिकसम्म तुलसीको विशेष पूजा गरिने भएकाले यो समयलाई चतुर्मास भनिन्छ । हरिबोधनी एकादशीका दिन मुलकभरका विष्णु मन्दिर तथा त्रिवेणीमा विशेष मेला लाग्दछ ।

भक्तपुरको चाँगुनारायण, ललितपुरको विशंखुनारायण, काठमाडौंको शेषनारायण र इचङ्गु नारायणको पूजा गरी एकादशीव्रत बसेमा पुण्य प्राप्त हुने जनविश्वासले यी विभिन्न धाममा श्रद्धालुको घुँइचो लाग्ने गरेको छ ।