काठमाडौं – भारतले नेपालको भूमि समेत आफ्नो सीमाभित्र पारेर नक्सा सार्वजनिक गरेको विरोधमा नेपालगञ्जमा प्रदर्शन भएको छ ।
विद्यार्थीहरुले नेपालको कालापानी, लिपुलेक लगायतको भूभाग आफ्नो सीमामा राखेर केही दिनअघि सार्वजनिक गरेको नक्सा सच्याउन माग गर्दै आज विहान प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुको प्रदर्शन नेपालगन्जको वीपीचोकबाट शुरु भई वीरेन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोण सभामा सहभागी विद्यार्थीहरुले भारतीय हस्तक्षेपवारे कुटनीतिक रुपमा कुरा अघि बढाउन समेत माग गरेका छन् ।