भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ । गए राति भरतपुरबाट मङ्गलपुरतर्फ जाँदै गरेको ना ३६ प ९३२४ नंको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको छन् । स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनको सनाखत हुन सकेको छैन । पैदलयात्रीलाई ठक्कर दिने गैँडाकोट नगरपालिका–१० भेडावारी बस्ने २३ वर्षीय जनक कँडेल स्कुटरका चालक पनि घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।