इरानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । उत्तरी इरान भएर स्थानीय समय अनुसार विहान साढे दुई बजे ५ दशमलब ९ म्याग्निच्युटको भूकम्प गएको हो ।
अजरबैजान प्रान्तको हस्त्रुड शहर केन्द्रबिन्दु भएर भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्र युएसजीएसले जनाएको छ ।
भूकम्पका कारण थुप्रै संरचना भत्किएका छन् । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ । इरान भूकम्पीय जोखिम बढी भएको मुलुक मानिन्छ । इरानमा समय समयमा भूकम्प जाने गरेको छ ।
सन् २००३ मा बाम केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण ३१ हजार मानिसको मृत्यु भएको थियो ।