logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहट काण्डमा मुछिएका एसपी हङकङमा भेटिए


अंकुरण खबर
910
Shares

काठमाडौं – करिब १२ वर्षअघि रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुछिएका शसस्त्र प्रहरी रौतहटका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा भेटिएका छन् ।

उनलाई इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी भइरहेको प्रहरी प्रधान कार्यलयले बताएको छ । पीडितहरूको उजुरीपछि उनको खोजीका लागि प्रहरी मुख्यालयमा रौतहट प्रहरीले पत्र पठाएको थियो ।

रौतहट हत्याकाण्डका मुख्य अभियुक्त आफ्ताब आलमविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा अदालतमा मुद्दा दायर भइसकेको छ । थुनछेक बहस चलिरहेको छ । आलमको निर्देशनमा बम विष्फोटका घाइतेलाई एसपी लामाको गाडीले स्कटिङ गरेर इँटाभट्टासम्म पुर्याकइएको खुलासा भएको छ । उनीहरूलाई इँट्टाभट्टामा राखेर ज्युँदै जलाइएको थियो । उनले त्यसबापत आलमसँग ४० लाख रकम लिएको आरोप समेत लिएको छ ।