logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

स्कुटर अनियन्त्रित भएर चालकको मृत्यु


अंकुरण खबर
1.456K
Shares

भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ भने स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् ।

आज बिहान गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५९प ३३७० नंको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिएको हो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार हुन् । घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।