काठमाडौं – मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत आइतबार उम्मेदवारको अन्तिम नामवली प्रकाशन गरिने भएको छ ।
आइतबार प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन पत्र दर्ता गएका मध्येका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
यसअघि बिहीबार उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका थिए । उम्मेदवारीमाथि दाबी–विरोध र उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरी आइतबार अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपचुनाव हुँदैछ ।