logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गेस्ट हाउसमा आपत्तिजनक अवस्थामा पक्राउ परेका तीन न्यायाधीशलाई निलम्बन गर्न अनुमति


अंकुरण खबर
975
Shares

नेपालको एक गेस्टहाउसमा महिलासँग आपत्तिजनक अवस्थामा तीन भारतीय न्यायाधीश पक्राउ परेका छन्  ।

पक्राउ पर्नेमा भारतको तल्लो अदालतका कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता नाम गरेका तीन न्यायाधीश रहेका छन् । उनीहरुलाई निलम्बन गर्ने भारतको सर्वोच्च अदालतले बिहार सरकारलाई अनुमति दिएको त्यहाँको सञ्चार माध्यमले बताएका छन् ।

यी न्यायाधीशलाई नेपालको एक गेस्ट हाउसमा नेपाली प्रहरीले छापा मार्दा आपत्तिजनक अवस्थामा पक्राउ परेका थिए। प्रहरीले उनीहरु न्यायाधीश रहेको थाहा पाएपछि छोडेको थियो ।

तर, उक्त घटना उल्झिएपछि उनीहरुमाथि छानविन हुँदा कार्यक्षेत्रमा नभएर अन्यत्र भएको तथ्य खुलेपछि निलम्बन गर्न अनुमति दिइएको हो ।