काठमाडौं – मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदवारी दिने भएको छ । स्थानीय तहको उपनिर्वाचनमा जनमत पार्टीले उम्मेदवारी दिने निर्णय भएको हो ।
उपनिर्वाचनमा भाग लिन जिल्लाबाट कम्तिमा ३ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीका एक केन्द्रीय सदस्यले बताएका छन् । उनले भने, ‘कार्तिक २५ भित्र आकांक्षी उम्मेदवारको नाम पार्टीमा पठाइसक्नुपर्छ ।’
स्थानीय तहमा रिक्त पदका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीले निर्वाचन नजिते पनि पार्टीलाई अर्को निर्वाचनका लागि जित्न सहयोग पुग्ने उनले बताए ।
मधेशलाई केन्द्र बनाएर छुट्टै प्रदेश माग राखेका सिके राउत प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न सहमति गर्दै मूलधारको राजनीतिमा आएका थिए ।