logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


अंकुरण खबर
2.483K
Shares

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राती दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको से २ त २६५१ नम्बरको ट्याक्टर डोटीको शिखर नगरपालिका–१० खन्नेखोलामा दुर्घटना हो ।

दुर्घटनाबाट मृत्यु हुनेमा चालक कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका ३२ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते प्रादेशिक अस्पताल कैलालीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।