हृदयघातबाट रोल्पामा एक जना वडाध्यक्षको मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–३ मिझिङका वडाध्यक्ष जेदबहादुर विष्टको ६२ वर्षको उमेरमा शनिबार हृदयाघातका कारण मृत्यु भएको हो ।
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष विष्ट शनिबार विस्तारामै मृत अवस्थामा फेला परेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
शनिबार नै हिन्दु परम्परा अनुसार सुनिल स्मृति गाउँपालिका–३ मिझिङस्थित विष्टको अन्तिम संस्कार गरिएको थियो । स्वर्गीय विष्टका श्रीमती, एक छोरा र तीन छोरी छन् ।