काठमाडौं – भारतले गत साता सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग समिटिएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।
प्रतिबन्धित नेत्रविक्रम चन्द निकट विद्यार्थीहरुले माइतीघरमा आइतबार प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’निकट अखिल क्रान्तिकारीको ब्यानरमा सो समूहले भारतको पछिल्लो कदमका विरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।