logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

हुण्डीको कारोवार गर्ने दुई जना विराटनगरबाट पक्राउ


अंकुरण खबर
1.196K
Shares

काठमाडौं – अवैध रुपमा सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपाली रकमको हुण्डीको कारोवार गर्दै आएका दुई जनालाई रु सात लाखसहित पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय अगाडिको ३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँचको क्रममा विराटनगर–१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योतिकुमार साह र भारत जोगबनी–१७ का १९ वर्षीय बिक्की कुमारबाट रु सात लाख बरामद भएको हो ।

उक्त रकम विराटनगरका एक व्यापारीलाई बुझाउन प्रति रु एक लाख बराबर रु १०० पारिश्रमिक पाउनका लागि ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीले जनाएको छ ।

निजहरुलाई थप आवश्यक अनुसन्धान र कारवाहीका लागि मूल भन्सार कार्यालय विराटनगर रानी बुझाइएको प्रहरीले जनाएको छ ।