logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सीमा मिचिएकाबारे सेनाले लियो चासो


अंकुरण खबर
1.417K
Shares

काठमाडौं – भारतको नयाँ राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूमि रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य सुरक्षा निकाय प्रमुखसँग छलफल चलाकाए हुन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकमा पाँच दशकदेखि भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेकामा कसरी फिर्ता पठाउने भन्नेबारे जंगीअड्डामा बहस भएको सैन्य स्रोतले बताएको छ ।