logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भद्रपुर विमानस्थल भोलीदेखि १० दिन बन्द हुने


अंकुरण खबर
741
Shares

काठमाडौं – भोली (मङ्गलवार) देखि भद्रपुर विमानस्थल १० दिन पूर्णरूपमा बन्द हुने भएको छ । झापाको चन्द्रगढीस्थित  भद्रपुर विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द हुने भएको हो ।

विमानस्थलको नियमित मर्मत सम्भार गर्नको लागी विमानस्थल बन्द हुने व्यहोरा नागरिक उड्डयन प्राधिकरणले बताएको छ । यससँगै अब झापामा हुने उडान अवतरण १० दिन ठप्प हुनेछ ।

भद्रपुर नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो । यस विमानस्थलमा नेपाल एयरलाइन्ससँगै बुद्ध, यती, सौर्य र श्री एयरलाइन्सले उडान गर्दै आएका छन् ।

युसेवा सञ्चालक संघ (आयोन)ले झापाको भद्रपुरबाट भइरहेका उडान अब विकल्पका रूपमा विराटनगरबाट हुने जानकारी दिएको छ ।