काठमाडौं – सामाजिक सञ्जालमा अघोरी बाबाका रुपमा चिनिने चर्चित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
उनीसँग हालै बिहे गरेकी श्रीमती शारदा पाण्डेलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।