Unf]an 6]lnd]l8l;g ;]G6/ pb3f6g sfo{qmddf ;xefuL
sf7df8f}F, @@ sflQs M
snªsLdf :yfkgf ePsf] g]kfn g]zgn c:ktfn …Unf]an 6]lnd]l8l;g ;]G6/Ú sf] pb3f6g sfo{qmddf ;xefuL . tl:a/ M cRo't /]UdL, /f;;
नेपाल नेशनल अस्पताल कलङ्कीमा ग्लोबल टेलिमेडिसिन सेन्टर’को शुभारम्भ गरिएको छ। ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिका तथा रोटरी क्लब अफ इन्टरनेशनलको सहकार्यमा अस्पतालमा यो सेवा सुरु गरिएको हो ।
‘ग्लोबल टेलिमेडिसिन सेन्टरको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले बढ्दो प्रविधिको प्रयोगसँगै प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रदान गर्न लागेकामा खुशी व्यक्त गरे। उनले भने, स्वास्थ्य सेवाबाट कोही जनता वञ्चित हुन नपरोस् भन्ने लक्ष्य सरकारले राखेको छ, सरकारको लक्ष्य पूरा गर्न टेलिमेडिसिन सेवाले सहयोग पुग्ने विश्वास सरकारले लिएको छु। उनले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे।
अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले दुर्गम क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्न ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिकासँग सहकार्य गरेर काम गर्न लागिएको बताए। टेलिमेडिसिन सेवाको शुरुआतसँगै आफ्नो अस्पतालका डाक्टरले विदेशी डाक्टरसँग सिक्ने र सिकेको सीपलाई दुर्गम गाउँका जनताको स्वास्थ्य उपचारमा प्रयोग गर्ने डा. पौड्यालको भनाई छ ।
सेन्टरको सहकार्यमा नेपाल नेशनल अस्पतालसहित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी, काठमाडौँ मोडल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त सेवाको जडान गरिएको छ।