काठमाडौं – हाल कुनै पनि मौसमी प्रणाली सक्रिय नरहेकाले देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । तर स्थानीय वायुको प्रभावका कारण केही क्षेत्रमा आंशिक बदली भने हुनेछ ।
हाल देशका पहाडी क्षेत्रमा आंशिक बदली भएको र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । मंगलबार दिनभर पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ ।
बाँकी क्षेत्रको मौसम भने सफा रहनेछ । एउटा कमजोर निम्न चापीय प्रणाली पश्चिम नेपालतर्फ बढिरहेको र बुधबारसम्ममा नेपालमा त्यसको प्रभाव पर्ने मौसमविदले बताएका छन् ।