logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एभीसी सेन्ट्रल जोन : आज नेपाल र बंगलादेशबीच भिड्दै


अंकुरण खबर
936
Shares

काठमाडौं – बंगलादेशमा जारी पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज (मंगलबार) नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि शुरु हुने छ ।

दुई खेल जितेको नेपालले घरेलु टोली बंगलादेशविरुद्ध पनि सहज जितको खोजिमा रहने छ । नेपालले भोलि बुधबार लिग चरणको अन्तिम खेलमा बलियो प्रतिद्वन्दी माल्दिभ्ससँग खेल्ने छ ।

नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो ।