स्थानीय

हेटौंडाबाट प्रतिबन्धित औषधिसहित एक पक्राउ

काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट प्रतिबन्धित औषधि सहित एक जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २९ वर्षीय दिपक सिंह मोक्तान पक्राउ परेका हुन् ।

आज बिहान पौने ५ बजे प्रहरीले मोक्तानलाई शंकास्पद अवस्थामा देखि चेकजाँच गर्दा उनको साथमा रहेको जेब्रा झोलामा ५२ प्याकेटमा १५,६०० ट्याब्लेट मुल्य अन्दाजी २ लाख बराबरको प्रतिवन्धित औषधीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोक्तानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comment here