logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कटुवा पेस्तोल सहित एक पक्राउ


अंकुरण खबर
5.07K
Shares

काठमाडौं – विराटनगर महानगरपालिका–१५ स्थितबाट कटुवा पेस्तोल १ थान सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–५ का २५ वर्षीय बिल नरसिंह भन्ने दिपक गुरुङ रहेको प्रहरीले जनाएको छ ।

सोमबार राति जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पैदल हिड्दै गरेका गुरुङलाई शंका लागि चेक जाँच गर्दा पेस्तोलसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।