logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

व्यापारी पद्य ज्योतीलाई पक्राउ गर्न अदालतले दियो अनुमति


अंकुरण खबर
1.053K
Shares

काठमाडौं – नेपालका नाम चलेका व्यापारी घरानाका अर्का सदस्य पद्य ज्योतिलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

प्रहरीले ठगी मुद्दामा पक्राउ गर्न अनुमति माग गरे पछि अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको हो ।

न्यायाधीश श्रीकृष्ण भट्टराइको इजलासले सोमवार पक्राउ गर्न अनुमति दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

यसअघि ज्योति समूहका उपाध्यक्ष रुप ज्योति र उनीकी छोरी सुरुची ज्योतिलाई प्रहरीले ठगी आरोपमा प्रक्राउ गर्न काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो ।