logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । राष्ट्रपति भण्डारीको निमन्त्रणामा चार दिवसीय नेपाल भ्रमणका लागि उनी केहीबेरअघि त्रिभुवन विमानस्थलमा ओर्लेका हुन् ।

हमिदको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विमानस्थल पुगेकी छन् । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिएको छ ।

परराष्ट्रले जारी गरेको भ्रमण तालिका अनुसार हमिद आरामका लागि म्यारिएट होटलमा जानेछन् । उनले आजै भक्तपुर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ भने भोलि राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्नेछन् । भोलि नै उनको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

उनी बिहीबार साँढे ११ बजे सेनाको हेलिकोप्टरबाट पोखरा जानेछन् र त्यहाँ फेवाताल पनि जाने कार्यक्रम छ । बिहीबार काठमाडौँ फर्कने उनी शुक्रबार अपरान्ह ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।