काठमाडौं – रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । विस्फोटमा परी एक जना प्रहरी जवान घाइते भएका छन् ।
मंगलबार भारतीय सीमा नजिकै रहेको उक्त प्रहरी चौकीमा बम विस्फोट भएको हो । विस्फोटमा संलग्न रहेको आशंकमा एक भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलतर्फ प्रहरीको एक टोली पठाइएको छ । विस्फोटबारे विस्तृत विवरण आउन भने बाँकी छ ।