logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सटर फोडेर १२ लाखको सुनचाँदी चोरी


अंकुरण खबर
1.625K
Shares

धनुषाको कमला नगरपालिका ४ सघारा चोकको ओम ज्वेलर्सबाट करिब १२ लाखको सुनचाँदी चोरी भएको छ। सोमबार राति ज्वेलर्सको सटर फोडेर सुनचाँदीका सबै गरगहना चोरी भएको हो ।

उक्त ज्वेलर्स प्रोपराइटर कमला नगरपालिका २ घर भएका सुखराम साह हुन्। घरबाट आज मध्यान्ह पसल पुगेपछि चोरी भएको थाहा पाएको उनले जानकारी दिए ।

पसलको ताला तोडेर चोरले चोरी गरी पुनः सटर तल झारिदिको करिब १२ लाखको सुनचाँदी चोरी भएको उनले बताए।
पसलमा चोरी भएको विषयमा उनले आज प्रहरीलाई खबर गरेका हुन् ।