काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ नक्सामा नेपालका भूमि समावेश गरे पनि प्रधानमन्त्री केपी शर्मा चुप बसेको आरोप लगाएका छन्।
हेटौंडामा मंगलबार महाधिवेशन प्रतिनिधिहरूसँग देउवाले भने, ‘कालापानी, लिपुलेक नेपालको हो। मैले इण्डियामा गएर पनि भनेको छु, कालापानी हाम्रो हो।’ वार्ताद्वारा सीमा विवाद समाधान गर्नुपर्ने उनले बताए।
‘सरकार किन चुप बसेको छ ? देउवाले प्रश्न गरे, ‘किन बोल्दैनन् ओली ?’ उनले नेपालका गाउँमा सडक पनि नपुगेको अवस्था रहेको भन्दै रेल ल्याउने कुरा गर्दै हिँडेकोमा प्रधानमन्त्री ओलीको आलोचना समेत गरेका छन् ।
चुनाव जसरी पनि जित्नुपर्छ, पार्टी एक भएर उपनिर्वाचनमा होमिन उनले निर्देशन दिए।