logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब प्रधानमन्त्री ओलीको उपचार अमेरिकामा हुने !


अंकुरण खबर
1.326K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ। यसका निम्ति प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह आवश्यक कागजातसहित कात्तिक २४ मा टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन्। विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि नोभेम्बर १३ र १४ (कात्तिक २७ र २८)मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागेको भए पनि दुवैको उद्देश्य प्रधानमन्त्रीको स्वास्थ्यबारे परामर्श नै भएको बालुवाटार स्रोतले बताएको समाचार जनअस्था साप्ताहिकमा समाचार छ।

मिर्गौला प्रत्यारोपणका अनेक विधि छन्। भएकै मिर्गौलालाई नचलाई अर्को राख्न सकिने उपयबारे पनि सल्लाह भइरहेको बताइन्छ। पुँजी विकास बचत तथा सहकारी, न्युरोडका अध्यक्ष तथा नेकपा कार्यकर्ता श्याम श्रेष्ठ (पुरानो घर सिन्धुपाल्चोक हाल बौद्ध निवासी)ले आठ वर्षअघि दिल्लीको मेदान्त अस्पतालमा प्रत्यारोपण गराएपछि उनको शरीरमा चारवटा किड्नी छन्।