logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जुवाविरुद्ध प्रहरी अपरेशन : एकैरातमा काठमाडाैंका ५ ठाउँबाट ४३ जना पक्राउ


अंकुरण खबर
2.405K
Shares

गएराति प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवाविरुद्ध अपरेशन चलाएको छ । प्रहरीले काठमाडाैंका पाँच स्थानमा जुवा अपरेशन चलाएको हो ।

प्रहरीको अपरेशनका क्रममा करिब ९ लाख नगदसहित ४३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

महाराजगञ्ज, स्वयम्भू, कीर्तिपुर र बौद्ध प्रहरीले गएराति एकै समयमा जुवा अपरेशन चलाएको थियो ।