logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

भाइरल अघोरी बाबाकी श्रीमतीलाई सात वर्ष जेल सजाय


अंकुरण खबर
1.326K
Shares

काठमाडौं  – सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध आपराधिक लाभ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला अदालत काठमाडौंबाट आज म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको हो । महानगरीय प्रहरी वृत्तले जानकारी दिएको छ ।

पाण्डेविरुद्ध ७५ लाख रुपैयाँ ठगी गरेको भन्दै चितवन घर भएकी एक महिलाले महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दिएकी थिइन् । विदेश लगिदिन्छु भन्दै विश्वासमा लिएर धोका दिई ठगी गरेको भन्दै उनले कारवाहीको माग गर्दै सोमबार जाहेरी दिएकी थिइन् । त्यही जाहेरीको आधारमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २४९ मा कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकामा सो बमोजिम नगरी वाफकाइ, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी वा क्षति पु¥याएमा वा आफ्नो वा अरु कसैका लागि कुनै लाभ प्राप्त गरेमा निजले आपराधिक लाभसम्बन्धी कसुर (ठगी) गरेको मानिने उल्लेख छ ।

भ्रष्टाचारसम्बन्धी र सरकारी संस्थाबाहेक यसरी ठगी गरेको प्रमाणित भएमा सात वर्ष जेल र रु ७० हजार जरिवाना गरिने व्यवस्था छ ।