काठमाडौं – लोकसेवा आयोगले विभिन्न पदहरुमा ठुलो संख्यामा आवोदन खु्ल्ला गरेको छ । लोकसेवा आयोगले करिब साढे २ सय पदमा आवेदन माग गरी विज्ञापन जारी गरको हो ।
राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्र. खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका गरिन लागेको आयोगले जनाएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्नेछन् ।
आयोगका अनुसार तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणााली मार्फत आवेदन दिनुपर्ने उल्लेख गरेको छ । थप जानकारी हेर्नुहोस् कुन तहमा कति जनाको माग छ ।
