स्थानीय

जबर्जस्ती करणीको अभियोगमा शिक्षक पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । चितवनको माडी नगरपालिका-५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको हो।

विक आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ ।

जबर्जस्ती करणीको आरोप लागेपछि विकलाई पक्राउ गरी चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको जनाइएको छ ।

Comment here