काठमाडौं – नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्तामा व्यस्त भएका छन् ।
बुधबार बिहान नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेका थिए ।
भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले बंगलादेश र नेपालबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् । उनले अन्तरदेशीय व्यापारका क्षेत्रमा बंगालदेश निकै अघि रहेको भन्दै दुई देशीय सम्बन्धलाइ व्यापारिक हिसावले पनि प्रगाढ बन्दै जाने बताएका हुन् ।
भेटका क्रममा राष्ट्रपति हमिदले नेपालमा लगानीको वातावरण देखिएको भन्दै नेपाल-बंगलादेशबीचको व्यापारिक सम्वन्ध थप प्रगाढ हुने बताएका थिए ।