भक्तपुरको सुर्यविनायक नगरपालिका–९ बाँसघारी नजिकै आज बिहान टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
प्रदेश ३ ०१ ००३ क ४९३५ नम्बरको टिपर र बा ८७ प ३४७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएका हुन् । घाइते हुनेमा काभ्रे घर भई हाल भक्तपुरको जगातीमा बस्दै आएका २३ वर्षीय सुमन तिमिल्सिना रहेको प्रहरीले जनाएको छ ।
उनलाई उपचारको लागि सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पताल पठाइएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिपर चालकलाई महानगरीय प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ ।