काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन २ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
बुधबार छापावाला सुन तोलामा २ सयले बढेर ७१ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन तोलामा ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।