logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थानीय तहमा बैंकिङ सेवा स्थापनामा ढिलाई नगर्न अर्थमन्त्रीको निर्देशन


अंकुरण खबर
897
Shares

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् ।

कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालय भवनको बुधवार उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना नभएको भन्दै ती ठाउँहरुमा तत्काल बैंकिङ सेवा संचालन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका हुन् । उनले स्थानीय तहमा बैंकिङ सेवा स्थापनामा ढिलाई गर्न नहुने बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ईमान्दार ढंगले काम नगर्ने बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई बैंकिङ कसुरअन्तर्गत कडा कारबाही गर्ने चेतावनी दिए । डेपुटी गभर्नर शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न पनि सबै बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिए ।